८ जेष्ठ २०८१, मंगलबार

भोजपुरका बस व्यवसायीको अनिश्चितकालीन यातायात बन्द धोषणा


bus

१४ असार २०७३:- भोजपुर, सडक बनाउने ठेकेदारको चरम लापरवाही भएको बताउँदै भोजपुरका बस व्यवसायीले अनिश्चितकालीन यातायात बन्द गरेका छन् । संयुक्त बस व्यवसायी संघले यही असार ११ गते गरेको निर्णय सार्वजनिक गर्दै आजदेखि सम्पूर्ण यातायात बन्द हुने जनाएको हो ।

संघले बिरामी बोकेको साधनबाहेकका अन्य सबै सवारीसाधन बन्द गरेको छ । संघका अध्यक्ष गोपाल तामाङले वर्षाको कारण सडक अवरुद्ध भएको बेलामा लेगुवा–भोजपुर सडक पक्की बनाउने नाममा ठेकेदारले जथाभावी सडकमा माटो थुपारिदिएका कारण बाध्य भएर यातायात बन्द गर्नुपरेको बताए ।

प्रजिअ अर्जुनकुमार शर्माले सबै पक्ष सम्मिलित अनुगमन समिति बनाएर सडक अनुगमन गरी सडक पुनः सञ्चालन गर्न तत्काल पहल गरिने बताए ।

व्यवसायीको अनिश्चितकालीन यातायात बन्दका कारण भोजपुरबाट अन्यत्र जाने यात्रु त मारमा परेका छन् नै बिरामी तथा बिरामीका आफन्तलाई झन् समस्या परेको छ । भोजपुरमा हवाई उडान पनि नियमित नहुँदा यात्रुहरु मारमा परेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !