२३ बैशाख २०८१, आइतबार

पृथकतावादी क्याटलोनियाली नेतासँग स्पेनी प्रधानमन्त्रीको वार्ता


पृथकतावादी_क्याटलोनियाली_नेतासँग_स्पेनी_प्रधानमन्त्रीको_वार्ता6209

२६ असार, मड्रिड, स्पेन ।  स्पेनका नयाँ प्रधानमन्त्री पेड्रो सान्चेजले पृथकतावादी क्याटलोनियाली नेता क्विम टोर्रासँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री भएपछि पेड्रोले पहिलो पटक सोमबार क्विमसँग क्याटलोनियाको आन्दोलनका बारेमा छलफल गर्नु भएको हो ।

क्याटलोनियाको समस्या समाधानका लागि वार्ताको माध्यममार्फत् पहल गर्ने उद्देश्यले उहाँहरूबीच छलफल भएको अधिकारीहरूले बताएका थिए ।

स्पेनको क्याटलोनियामा आन्दोलन सुरु भएको दुई बर्षपछि उहाँहरूबीचमा पहिलो पटक वार्ता भएको बताइएको छ ।

प्रधानमन्त्रीसँगको वार्ताका वेला पृथकतावादी नेता टोर्राले क्याटलोनीयाको स्वतन्त्रताबारेमा फेरि स्वतन्त्र जनमत संङ्ग्रह गर्न माग गर्नुभयो ।

उहाँले क्याटलोनियाका जनताले आफै निर्णय गर्न पाउनुपर्ने विषयमा अडान राखेको समाचारमा जनाइएको छ ।

एक महिना अगाडि प्रधानमन्त्री बन्नुभएका सान्चेजले भने क्याटलोनीयाका पृथकतावादी नेताहरू पहिलाभन्दा परिवर्तन हुने विश्वास व्यक्त गर्नुभयो । (रासस/एएफपी)

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !