२ फाल्गुन २०८२, शनिबार

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


संगिता पहाडी

काठमाडौं । नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरूद्ध भ्रष्टाचार मुद्दा आज दायर गरेको छ ।

नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मुद्दा दायर गरेको हो ।

अन्य प्रतिवादीहरुमा सुनिल पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी लगायत छन् । विशेष अदालतमा आज जेठ २५ गते आइतबार दायर मुद्दा दायर भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !