४ जेष्ठ २०८१, शुक्रबार

तेक्वान्दोमा सैनिक महाविद्यालय च्याम्पियन


Nepalpatra

२० असार, भीदमत्तनगर । कैलालीको गोदावरी नगरपालिकास्थित तेघरीमा मंगलबार सम्पन्न जिल्लास्तरीय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा तीन स्वर्णसहित सेनाको सैनिक आवासीय महाविद्यालय च्याम्पियन बनेको छ ।

सैनिक महाविद्यालयकै आयोजनामा सम्पन्न भएको प्रतियोगितामा कैलालीका २७ वटा विद्यालय सहभागी थिए । मंगलबार सम्पन्न फाइनल प्रतियोगितामा सेनाको महाविद्यालयले तीन स्वर्ण, तीन रजत र १० कास्यसहित उपाधि जितेको हो ।

कूल २७ विद्यालयका आठ तौल समूहका खेलाडी सहभागी रहेको प्रतियोगितामा धनगढीको जेसिज एभरेष्ट स्कुलका भुवन सार्की प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए भने आयोजक महाविद्यालयका विमल रानामगर उदीयमान खेलाडी घोषित बने ।

प्रतियोगितामा बिजेता खेलाडीलाई नेपाली सेनाको श्री नं २५ बाहिनी अड्डाका बाहिनीपति सहायकरथी सरद ढकालले नगद, ट्रफी, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गर्नुभयो ।

खेलकुदको विकाससँगै विस्तारमा टेवा पु¥याउने उद्देश्यले पहिलो पटक दुईदिने तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको महाविद्यालयले जनाएको छ ।

प्रतियोगिताको समापन समारोहमा सैनिक महाविद्यालयका सम्पर्क अधिकृत सेनानी नरोत्तम पौडेल, महाविद्यालयका प्रिन्सिपल अशोकराज खातीका अतिरिक्त खेल संयोजक, विद्यालयका शिक्षक, तेक्वान्दो संघका पदाधीकारीको सहभागिता रहेको थियो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !