२३ बैशाख २०८१, आइतबार

मन्दिरका तान्त्रिक परम्परालाई जोगाइ राख्नुपर्छ


Nepalpatra

६ असार, काठमाडौँ । आधुनिक समयमा तन्त्र विद्याको पठनपाठन, साधना र प्रयोग घट्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६१ औं वार्षिकोत्सवका अवसरमा दर्शन विभागले मंगलबार यहाँ आयोजना गरेको ‘नेपाली परम्परामा तन्त्र साधना’ विषयक गोष्ठीमा नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्ष एवं तन्त्र विषयका प्राध्यापक विद्यानाथ भट्टले मल्लकालमा तान्त्रिक विधिबाट प्राण प्रतिष्ठा गरी स्थापना गरिएका मन्दिर भूकम्पले भत्किएकाले अमूर्त सांस्कृतिक सम्पदा नै लोप हुने खतरा बढेको बताउनुभयो ।

“प्रताप मल्लको शासनकालमा धेरै मन्दिरमा तान्त्रिक विधिले प्राण प्रतिष्ठा गरेर मूर्ति स्थापना गरियो, भूकम्पले भत्किएपछि ती मन्दिरको पुनःनिर्माण त होला, तर तान्त्रिक विधिले प्रतिष्ठा गरिएन भने यो अमूर्त सांस्कृतिक सम्पदा लोप हुनसक्छ, यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस्”–उहाँले भन्नुभयो ।

कार्यक्रममा प्रतिष्ठानका पूर्व कूलपति वैरागी काइँला, कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा विष्णुविभु घिमिरे, दर्शन विभाग प्रमुख प्रा दीनेशराज पन्त लगायतले प्राचीन कालमा स्थापना भएका मन्दिरका तान्त्रिक परम्परालाई जोगाइनुपर्नेमा जोड दिनुभयो ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !