२४ बैशाख २०८१, सोमबार

चार हजार सुरक्षाकर्मी पाशुपत क्षेत्रमा परिचालन


सुरक्षाकर्मी पाशुपत क्षेत्रमा परिचालन sf7df8f}F,@% kmfu’gM kz’kltdf eQmhgsf] eL8 dxflzj/flqsf cj;/df cfh cf/fWob]j eujfg kz’kltgfysf] bz{g ug{ dlGb/sf] blIf0fåf/df nfOg a;]sf eQmhg . tl:a/ M ljdnaxfb’/ lai6÷/f;;

काठमाडौँ । पाशुपत क्षेत्रमा महाशिवरात्रि मेलाका लागि चार हजार ९४ सुरक्षाकर्मी परिचालन गरिएको छ । काठमाडौँ उपत्यका प्रहरी कार्यालयले महाशिवरात्रिका लागि एकीकृत विशेष सुरक्षा योजना बनाइ हिजैदेखि लागू गरेको बताए ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले तीन चरणमा परिचालन हुने गरी ड्रोनसहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय भएको जानकारी दिए । उनीहरु हिजो राति १० बजेदेखि फागुन २६ गतेसम्म सुरक्षार्थ खटिने छन् ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय तथा जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा उक्त सुरक्षा योजना बनाइ लागू गरेको उनले बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीको नेतृत्वमा उक्त टोली खटिने छ । सो अवसरमा आपतकालीन उद्धार टोली र एम्बुलेन्स तयारी अवस्थामा राखिएको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !