१९ बैशाख २०८१, बुधबार

पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक पुनलाई काम गर्न अदालतको रोक


लक्ष्मी पुन

काठमाडौं । पशुपति क्षेत्र विकास कोषकी कार्यकारी निर्देशक लक्ष्मी पुनलाई कामकाज गर्न अदालतले रोक लगाएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले आइतबार पुनलाई तत्काल कार्यकारी निर्देशकका रूपमा कामकाज नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

योग्यता नपुगेको व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्त गरिएको भन्दै भरत मरासिनीले रिट दायर गरेका थिए । गएको पुस ४ गते पुनलाई कोषको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो ।

उच्च अदालत पाटनले आइतबार जारी गरेको आदेशमा तत्काल प्राप्त प्रमाणबाट पुनको योग्यता पुगेको नदेखिएको भन्दै उनलाई कार्यकारी निर्देशकका रुपमा कामकाज नगर्न र नगराउन अन्तरिम आदेश जारी भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !