काठमाडौँ । ललितपुरको बालकुमारीमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर एक जना आन्दोलनकारीको मृत्यु भएको छ । प्रहरीको गोली लागेर घाइते भएका पुरुष आन्दोलनकारीको मृत्यु भएको किष्ट अस्पताल स्रोतले बताएको हो ।
अस्पताल स्रोतका अनुसार घाइते भएर ल्याइएका घाइते २३ वर्षीय सुजन राउतको उपचारका क्रममा मृत्यु भएको हो । ललितपुरको बालकुमारीमा रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका युवाहरूले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडी जलाइदिएका हुन् ।
ईपीएस आन्दोलनकारी यूवाहरुले मन्त्री ज्वालालाई गाडीबाट बाहिर निकालेर बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका थिए । एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए ।
बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोकेर गाडीमा आगजानी गरेका थिए । ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन सुरु गरेका थिए । युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए ।
यो पनि पढ्नुहोस्
मन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने ५ जना पक्राउ
भौतिकमन्त्री ज्वालालाई बाहिर निकालेर आन्दोलनकारी यूवाले जलाए गाडी