२४ बैशाख २०८१, सोमबार

बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस


भूकम्प

काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस भएको छ । आज मंगलबार दिउँसो १२ बजेर ५८ मिनेट जाँदा बाजुराको बिछ्या आसपास केन्द्रविन्दु भएको ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यो धक्का नयाँ भूकम्प नभएर परकम्प भएको बताइएको छ । गत वैशाख १५ गते बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएकोमा आजको धक्का सोही भूकम्पकै परकम्प भएको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !