१९ बैशाख २०८१, बुधबार

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस


भूकम्प

बैतडी । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख बलबहादुर तामाङले दार्चुलापरि भारतको बतन भन्ने स्थानमा केन्द्रविन्दु बनाएर आज विहान ९ बजेर २६ मिनेटमा ४ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएकोे जानकारी दिए ।

भूकम्प धक्का महसुस गरिएको भए पनि क्षतिबारे जानकारी प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !