२२ बैशाख २०८१, शनिबार

अवरुद्ध नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालनमा


नारायणगढ–मुग्लिन सडक फाइल फोटो

मुग्लिन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित नाम्सीपुलमा बिहान ६ः४५ बजे सुक्खा पहिरो खस्दा सडकमा यातायात अवरुद्ध भएको थियो ।

पहिरो पञ्छाएसँगै अवरुद्ध सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरपुरका सुपरभाइजर ईश्वर क्षेत्रीले जानकारी दिनुभयो । पहिरोका कारण रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !