९ जेष्ठ २०८१, बुधबार

सुनसरीमा पानीमा डुबेर २ जनाको मृत्यु


नहरमा डुबेर

सुनसरी । सुनसरी जिल्लामा पानीमा डुबेर २ जनाको मृत्यु भएको छ । सुनसरीको दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर २ जनाको मृत्यु भएको हो ।

हिजो राती ८ बजे सुनसरीको रामधुनी नगरपालिका-२ तित्रिवन टोलका गुलुम मन्सुरका १ बर्षीय छोरा अमर मन्सुर खेल्ने क्रममा घर नजिकै रहेको नहरमा डुबेर घाईते भई उपचारको लागि जिल्ला अस्पताल इनरुवा सुनसरी पुर्याउनासाथ डाक्टरले मृत घोषित गरेका थिए ।

यसैगरी सुनसरीको ईटहरी उप-महानगरपालिका-४ मनकामना चोकमा रहेको जेष्ठ नागरीकको मन्दिरमा पुजारीको काम गर्ने भोजपुरको टेम्केमैयुम-७ का ५५ बर्षीय केशब नेपालको पानीको ड्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !