६ जेष्ठ २०८१, आइतबार

पेप्सीकोलामा बसले तीनवटा सवारी साधनलाई ठक्कर दिँदा ७ जना घाइते


दुर्घटना

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा बसले तीनवटा सवारी साधनलाई ठक्कर दिँदा ७ जना घाइते भएका छन् । पेप्सीकोला–काँडाघारी सडकखण्डमा एउटा बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको हो ।

कोटेश्वर प्रहरीका अनुसार आज बिहान ७:४५ बजे मिनी बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ७ जना घाइते भएका हुन् ।

केही घाइतेहरुलाई घटनास्थल नजिकको मदरल्याण्ड अस्पताल लगिएको छ भने अन्य घाइतेहरुलाई मीनभवनस्थित सिभिल अस्पतालमा पठाइएको छ । उक्त घटनाको विस्तृत विवरण आउन बाँकी छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !