२१ बैशाख २०८१, शुक्रबार

सिरिजङ्घा समाजको प्रमुख संयोजनमा रक्तदान कार्यक्रम सम्पन्न


रक्तदान कार्यक्रम

काठमाडौँ । सिरिजङ्घा सरोकार समाज, नेपाल, बागबजार, काठमाडौंको प्रमुख संयोजनमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

मानव तथा प्राकृतिक स्रोत विकास मञ्च (फरह्याण्ड), बागबजार, काठमाडौं, फरह्याण्ड बचत तथा ऋण सहकारी संस्था लि., बागबजार, काठमाडौं, मामांखे समाज,नेपाल, काठकाडौं, काठमाडौं खेबाङ हातेमालो समाज (ताप्लेजुङ), काठमाडौं, काम्यक स्कुल, बागबजार, कब्वेब ट्राभल्स एण्ड टुर्स प्रा.लि, बागबजार, नेशनल कम्प्युटर एण्ड टाइपिङ्ग कन्सर्न बागबजार, खेवाङ्ग स्पोर्टिङ्ग क्लब, काठमाडौं, यालुङ समाज, काठमाडौं गरी २२ संघसस्थाहरुको आयोजनामा काम्यक स्कुल, बागबजार, काठमाडौंमा खुल्ला बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

 रक्तदान कार्यक्रम

यस कार्यक्रममा रक्तदान गर्ने रक्तदाताहरुहरुलाई आयोजक संस्थाहरुको तर्फबाट सिरिजंगा सरोकार समाज नेपालले हार्दिक धन्यवाद सहित आभार व्यक्त पनि गरेको छ । यस रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गर्ने भक्तपुर रेडक्रस कार्यालय, बल्ड बैंकका प्रविधिक टोलीलाई पनि आयोजक संस्थाहरुको तर्फबाट सिरिजंघा सराकार समाज, नेपालले हार्दिक धन्यवाद सहित आभार व्यक्त गरेको छ ।

यस कार्यक्रममा ताप्लेजुङबाट प्रतिनिधिसभाकी सांसद उर्मिला थेवेका साथै अन्य पदाधिकारी तथा सदस्यहरुको प्रत्यक्ष उपस्थित रही कार्यक्रमको बस्तुस्थितको पूर्ण सफलताका लागि सल्लाह सुझाव लगायत उत्साह, उर्जा दिई अभिभावकत्व समेत प्रदान गरेकोमा आयोजक संस्थाहरुको तर्फबाट सिरिजंगा सरोकार समाज नेपाल विशेष धन्यवाद सहित कृतज्ञता प्रकट गर्न गरेको छ ।

 रक्तदान कार्यक्रम

यस कार्यक्रमलाई भवन, परिसर, टेन्ट, खाजा पानी समेतमा उल्लेखनीय सहयोग प्रदान गर्ने काम्यक स्कुल, बागबजारका संचालक समितिका अध्यक्ष एबं प्रध्यानाध्यापक धनेश्वर राउत तथा विद्यालय परिवारप्रति पनि आयोजक संस्थाहरुको तर्फबाट सिरिजंगा सरोकार समाज विशेष धन्यवाद एवं कृतज्ञता प्रकट गर्न गरेको छ ।

उक्त रक्तदान कार्यक्रमको स्यमसेवी कार्य गरी कार्यक्रमको सफलतामा विशेष सहजीकरण गरेकोमा मामांखे समाजका पदाधिकारी तथा सदस्य महानुभावहरुलाई पनि धन्यवाद समेत दिएको छ ।

 रक्तदान कार्यक्रम

यस कार्यक्रमको समापन समारोहमा सिरिजंंगा सरोकार समाजका अध्यक्ष अधिवक्ता भट्टराईले आज नेपालमा रहेको रक्त अभावलार्ई सम्बोधन गर्न यस रक्तदान कार्यक्रमले थोरै भएपनि सहयोग पुग्न सकेकोमा सम्बपूर्ण रक्तदाता, प्रविधिक तथा कार्यक्रममा सहभागी सम्पूर्ण सहयोगी हात, मन, व्यक्तित्वहरुलाई धन्यवाद दिए ।

यस्ता समाजसेवा कार्यक्रममा नेपाली समाजहरु निस्वार्थ लाग्न सके देश समाजको सकारात्मक सोच र क्रियाकलाप बढ्न जानेतर्फ औल्याउदैं सबैप्रति धन्यवाद टक्रयाए । कार्यक्रममा ३६ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !