४ जेष्ठ २०८१, शुक्रबार

सुन तस्करीमा मुछिएपछि अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालय तानिए


झलकराम अधिकारी

काठमाडौं । सुन तस्करी प्रकरणमा नाम मुछिएपछि अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ ।

सुन तस्करी प्रकरणमा पक्राउ परेका तिब्बती मूलका बेल्जियम नागरिक दावा शेर्पासँगको कुराकानीमा मुछिएको पाइएपछि अधिकारीलाई मन्त्रालयमा तानिएको हो ।

अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । दावा भने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रहेका छन् ।

मन्त्रालय स्रोतका अनुसार अधिकारीलाई आजदेखि नै मन्त्रालयमा तानिएको हो । अधिकारीले दावासँग गरेको कुराकानी सार्वजनिक भएपछि उनलाई मन्त्रालयमा तानिएको हो । उनीमाथि अनुसन्धान पनि हुन सक्ने बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !