१९ बैशाख २०८१, बुधबार

सुदूरपश्चिम प्रदेशभर आज सार्वजनिक बिदा


सार्वजनिक विदा

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । ओल्के पर्वको अवसरमा प्रदेश सरकारले आज शुक्रबार सार्वजनिक बिदा दिएको हो ।

पिँडालुको कलिलो पात, दूध र दही सगुनका रूपमा मान्यजन तथा छर–छिमेकीलाई बाँडेर आपसमा मनाइने ‘ओल्के चाड’ आज सुदूरपश्चिममा हर्षोल्लासपूर्वक मनाइँदै छ ।

भाद्र सङ्क्रान्तिका दिन मनाइने यो पर्वको तयारीस्वरुप अघिल्लो दिनदेखि नै प्रत्येक घरमा मीठा–मीठा खानाका परिकार पकाउने तयारी गरिन्छ । कामका लागि बाहिर रहेकाहरू पनि यो चाड मनाउन आ–आफ्ना घर फर्किन्छन् ।

ओल्के पर्वका दिन विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी पुरी, बावर, माणा, निसौसे, गतानी डुब्कालगायत डोटेली खानाका मीठा परिकार खुवाउने चलन छ । माइतीघरमा आइपुग्ने ज्वाइँ–छोरीलाई मीठा खानाका परिकारका साथै शक्ति र गच्छेअनुसारको दान दक्षिणा दिएर स्वागत गर्ने गरिन्छ ।

साउने झरीमा हुने प्राकृतिक विपत्तिबाट जोगिएको खुसियालीमा सुदूरपश्चिममा ओल्के पर्व मनाउने चलन छ । आजको दिन मान्यजनलाई सम्मानस्वरूप कर्कलाको भित्री पात, फलफूलसहित मिठो खाने कुरा दिने चलन छ । ओल्के पर्व मनाउनाले प्राकृतिक प्रकोपसहित रोगब्याधीबाट बच्न सकिने विश्वास छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !