६ जेष्ठ २०८१, आइतबार

मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु, दुई घाईते


दुर्घटना

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका-१० स्थितमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

हिजो बेलुका साढे ९ बजे प्रदेश १-०२-०४४ प ८८९३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना हुदा घाईते भएका मोटरसाईकल पछाडि सवार त्रियुगा- ६ जलजले का २५ बर्षीय सुदिप चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो ।

घाईते भएका चालक त्रियुगा- ६ का २२ बर्षीय पंकज चौधरी र २७ बर्षीय मुकेश चौधरीलाई थप उपचारको लागि बिराटनगर लगिएको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !