१३ जेष्ठ २०८१, आइतबार

सरकारले घटायो सार्वजनिक सवारी साधनको भाडा (सूचीसहित)


नयाँ बसपार्क फाइल फोटो

काठमाडौं । सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको हो ।

आज सोमबार यातायात व्यवस्था विभागले नयाँ भाडा समायोजन गरेर सूची सार्वजनिक गरेको हो । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।

स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेकोलाई आधार मानी विभागले यात्रुवाहक सवारीमा २.१३ प्रतिशत भाडा घटाएको हो ।

त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.७८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ३.०९ प्रतिशत भाडा कम गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु