६ जेष्ठ २०८१, आइतबार

पशुपति जलहरी प्रकरणमा अनियमितता नभेटिएको अख्तियारको प्रारम्भिक निष्कर्ष


पशुपति जलहरी प्रकरण

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी प्रकरणमा अनियमितता नभेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

पशुपतिनाथमा राखिएको सुनको जलहरी नाप जाँचमा खटिएको अख्तियारको टोली अनियमितता नभेटिएको प्रारम्भिक निष्कर्षमा पुगेको हो । अख्तियारले पशुपतिनाथमा राखिएको सुनको जलहरी खरिद तथा प्रतिस्थापनमा अनियमितता नदेखिएको प्रारम्भिक निष्कर्ष निकालेको हो ।

जलहरीमा राखिएका सबै धातुको औसत तौल निकालेर अनुसन्धानलाई टुंग्याउन अझै २ दिन लाग्ने अख्तियारले जनाएको छ । आइतबार टोलीले तौल गर्दा जलहरीको १०६.४३२५ केजी मापन गरिएको थियो भने जलहरी कस्न बनाइएको किलाकाँटीको मापन गर्दा १.०३७५ किलो भेटिएको छ ।

अख्तियारका एक उच्च अधिकृतका अनुसार हाल मापन गरिएको जलहरी र किलाकाँटीमा कति सुन, तामा र पित्तल प्रयोग भयो भनेर छुट्याउन अझै २ दिन लाग्ने छ । उनका अनुसार बाहिर हल्ला चलेजस्तो ठुलो परिमाणमा सुनमा अनियमितता भएको नदेखिएको उनले बताए ।

आयोगको नेतृत्वको टोलीमा कोष, खानी तथा भू-गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू संलग्न छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !