९ जेष्ठ २०८१, बुधबार

प्रेम चलाउनेको समर्थनमा अदालत बाहिर प्रदर्शन गर्ने समातिए


प्रेम चलाउने फाइल फोटो

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको समर्थनमा जिल्ला अदालत, काठमाडौंबाहिर प्रदर्शन गर्ने केही व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध जिल्ला अदालत, काठमाडौंबाहिर प्रदर्शन भएको हो । बृहत नागरिक आन्दोलनको ब्यानरमा भएको प्रदर्शनमा प्रेम चलाउने स्वयं सहभागी भएका थिए ।

चलाउनेमाथि कुटपिट गरेको अभियोगमा नेविसंघका केही नेताहरूविरुद्ध मुद्दा दायर गरिएको थियो । सो मुद्दा सरकारले फिर्ता लिएपछि सोमबार पनि चलाउनेले प्रदर्शन गरेका थिए ।

चलाउनेले हिजोदेखि त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडि आमरण अनशन थालेका छन् । आफूमाथि आक्रमण गर्ने नेविसंघका नेताहरूविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णयपछि चलाउनेले अनशन थालेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !