१४ बैशाख २०८१, शुक्रबार

कालीगण्डकीमा पौडी खेल्दा बालक बेपत्ता


river death

१६ जेठ, पाल्पा । कालीगण्डकीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् ।

रामपुर नगरपालिका–४ देवीस्थान बस्ने ११ वर्षीय मिलन नेपाली मंगलबार दिउँसो कालीगण्डकीस्थित कोप्चेघाटमा साथीहरुसँगै पौडी खेल्ने क्रममा बेपत्ता भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी नायब निरीक्षक एनबहादुर थापाले बताउनुभयो । बेपत्ता बालकको अहिले खोजी कार्य भइरहेको छ ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !