१८ बैशाख २०८१, मंगलबार

समृद्धिका लागि दण्डहीनता र भ्रष्टाचारको अन्त्य जरुरी


Nepalpatra

१६ जेठ, बुटवल ।  मुलुकमा दिगो शान्ति स्थापना र समृद्धि प्राप्तिका लागि दण्डहीनता र भ्रष्टाचारको अन्त्य जरुरी रहेको धारणा मंगलबार बुटवलमा आयोजित एक कार्यक्रमका वक्ताले व्यक्त गरेका छन् ।

११ औँ गणतन्त्र दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले आयोजना गरेको गणतन्त्रका एक दशकः अबको प्राथमिकता सुशासन र सुव्यवस्था विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै सरोकारवालाले राष्ट्र, राष्ट्रियता र आर्थिक समृद्धि बिना जनताको चाहना पूरा नहुने कुरामा पनि उनीहरुले जोड दिएका थिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य विष्णु पन्थीले सबैको ध्यान दृष्टि समृद्धिको दिशामा अघि बढाउनुपर्ने आवश्यता रहेको बताउनुभयो । उहाँले सत्तापक्ष र प्रतिपक्ष नभनी एक ढिक्का भएर सहकार्य गर्दै जनतालाई संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभूति दिलाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रदेश सरकारका मुख्य न्यायाधीवक्ता ठाकुरप्रसाद डिसीले गणतन्त्र आएको एक दशक पूरा भए पनि जनताका आकांक्षा र अपेक्षा पूरा नभएकोमा चिन्ता व्यक्त गर्नुभयो । सरकारको अबको दिशा शान्ति, सुशासन, सुव्यवस्था र आर्थिक समृद्धिनै जनचाहना भएको उहाँले औँल्याउनुभयो ।

नेपाली काँगे्रसका नेता युवराज गिरीले जनताको आन्दोलनमार्फत प्राप्त संघीय लोकतान्त्रि गणतन्त्रको रक्षार्थ आफ्नो पार्टी सदैव अग्रपंक्तिमा उभिने बताउनुभयो ।

उहाँले आफ्नो पार्टीले सरकारले गरेको हरेक राम्रा कार्यको समर्थन र गलत कार्यको विरोध गर्दै सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

मानवअधिकार तथा शान्ति समाजका उपसभापति गोविन्द खनालले जनताका अधिकार स्थापित गर्ने सवालमा आन्दोलनरत रहेको कतिपय अवस्थामा राजनीतिक शक्ति कमजोर हुँदा नागरिक समाजले सदैव साथ दिएको स्मरण गराउनुभयो । पूर्व सभासद् विनोद पहाडीले गणतन्त्र स्थापनाका लागि नेपाली जनताले पु¥याएको योगदानको चर्चा गर्दै गणतन्त्रको संस्थागत विकासका लागि सबैको भूमिका अपरिहार्य रहेको बताउनुभयो ।

शान्ति समाजका सभापति हरिश ढकालको सभापतित्वमा भएको कार्यक्रममा मानवअधिकार आयोग बुटवलका कार्यालय प्रमुख बुद्धनारायण शाहनी, उद्योग वाणिज्य संघ बुटवल अध्यक्ष खिमबहादुर हमाललगायतले गणतन्त्र स्थापनाका लागि राजनीतिक दलसँगै नागरिक समाजले खेलेको भूमिकाबारे चर्चा गर्नुभएको थियो । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !