६ जेष्ठ २०८१, आइतबार

हतियार बोकेको आरोपमा गुण्डा नाइके चक्रे मिलनका बडीगार्ड पक्राउ


पक्राउ

काठमाडौँ । गुण्डा नाइके चक्रे मिलन (मिलन गुरुङ) को बडीगार्डलाई प्रहरीले पक्राउ गरेको छ । हतियार प्रदर्शन गरेको आरोपमा गुण्डा नाइके चक्रेका बडीगार्ड गणेश बहादुर बोगटी पक्राउ परेका हुन् ।

सामाजिक सञ्जाल टिकटकमा मिलनको बडिगार्डका रुपमा हतियार प्रदर्शन गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले बोगटीलाई पक्राउ गरेको हो । नेपालगन्जस्थित एक होटेलमा हतियार प्रदर्शन गरेको आरोपमा बोगटीलाई पक्राउ गरिएको हो ।

सोमबार उनी चक्रे मिलनको पछाडि हतियार बोकेर सामाजिक सञ्जालमा देखापरेका थिए । टिकटकमा बोगटीले ‘पोइन्ट टुटु’ हतियार बोकेर हिँडेको भिडियो पोस्ट गरेका थिए ।

प्रारम्भिक अनुसन्धानबाट सो हतियारको लाइसेन्स भएको थाहा भएको छ । लाइसेन्स भए पनि प्रदर्शन गर्न नपाइने हुनाले सरकारी वकिल कार्यालयसँग राय लिएर मुद्दा अघि बढाइने भएको छ । बोगटी बाँकेको चिसापानीबाट पक्राउ परेका हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !