४ जेष्ठ २०८१, शुक्रबार

माधवनारायण नगरपालिका जिल्लाका नमुना सुविधा सम्पन्न नगरहुने : मेयर यादव


yadav

१० जेठ, रौतहट । बर्षौ देखी जनताको आवश्यकतालाई बुझदै विकास गरी जनताको मनोकामना पुरा गर्न चाहेका समाजसेवी विरेन्द्र प्रसाद यादव गत स्थानिय चुनावबाट नगर प्रमुख पदमा निर्वाचित भई नगर परिषद पश्चात विकास निमार्णको छोटो समयमा पनि ठुलो सोचका साथ विकास निमार्णको कार्यमा अगाडी बढाएका छन ।

नगर प्रमुख यादव आफनो कार्यअवधी ५ बर्षको मात्र भएपनि त्यति समय भित्रमा नै तिन प्रकारका विकास निमार्णका कार्ययोजना बनाई राखेका छन । लामो, मध्यम तथा छोटो अवधीका विकास निमार्णका कार्ययोजना बनाई विकास निमार्णका कार्य अगाडी बढाउन सोच राखेका यादव बताउका छन ।
माधवनरायण नगरपालिकाका मुख्य योजनानगरका प्रत्येक वडामा ढल निकास साथमा मुल सडक ३०फिट,गाँउ भित्रको सडकहरु आवश्यकता अनुसार जनताहरुको क्षति बढी नहुने गरी २० देखि १६ फिटको बाटो निमार्ण कार्य सुरु भएको छ । नगर प्रमुख यादव जनताको मन जित्दै आफनो नगरभरिमा कुनैपनि आकस्मिक अवस्थामा दमकल,एम्बुलेन्स जस्ता साधनहरु छिटो भन्दा छिटो पुग्ने सक्ने सडक निमार्ण कार्यहरु ६०प्रतिशत सम्पन्न भएको र ४०प्रतिशत कार्य निमार्णअवधिमा रहेको बताए ।

सखुवा देखी मिठुवा सम्मको बाटो ३० फिट चौडा गरि १६ फिटमा पिसिसि ढलान कार्य तिब्र गतिमा भईरहेको तथा सखुवा देखि माधवपुर सम्मको जिल्लाका सबैभन्दा खराब बाटो जुनकि एकझरी बर्षायमा मानिसहरु खाली खुटा हिडन पनि नसक्ने बाटोलाई ३०फिट चौडा गरि १५मिनेटमा माधवपुर पुग्न सक्ने ढलान सडक निमार्ण गर्ने उदेश्य राखेका नगरप्रमुख यादव आफनो नगरपालिकाको बजेटबाट भ्याउन नसक्ने भएपछि मन्त्रालयबाट शहरी विकाश अन्र्तगतका बजेट ५करोड माग गरेको र सो रकम पनि प्राप्त भईसकेको अब लामो अवधीको विकास निमार्णका कार्यपनि शुरु गर्ने बताएका छन ।

सडक निमार्णको कार्यमा मात्र जोड नदिई शिक्षामा पनि तेतिकै ध्यान पुर्वक नगरभरिका १९वटा सरकारी विधालयहरुमा नगरपालिकाको सहयोगमा शिक्षक राखी बाल कक्षाबाट नै अँग्रेजी माध्याममा पढाई शुरु गराउन अभियान नै थालेको बताउनु भयो ।आफनो कार्यअवधी भरीमा जनताको हकहितमा सर्मपीत भई जनताको मन जित्दै सम्पुर्ण विकास निमार्णको कार्य समयमै पुरा गरि एउटा नमुना सुविधा सम्पन्न नगरपालिकाको रुपमा माधवनरायण नगरपालिकालाई देखाउने नगरप्रमुख विरेन्द्र प्रसाद यादवको मुख्य उदेश्य रहेको बताए ।

प्रमुख प्रशासकिय अधिकृतको रुपमा आएका प्रवल कायस्थले करिब १३महिना अघि आउँदा यस नगरपालिकामा कर्मचारीलाई राम्रो बस्ने एउटा टेवल र कुर्सी समेत नरहेको हाल नगरपालिका भित्रका स्वास्थचौकी,विधालय,तथा सबै वडा कार्यालयहरुमा कार्यालय व्यवस्थापन देखी बिधुतीय हाजिरी उपकरण, ईनटरनेटको सुविधा समेत जडान भईसकेको बताए ।

स्थानीय तहमा विकास गर्न पार्टीगत बहुत देखिएको हुदा पनियहाँ कुनै पार्टीगत बहुमत वा अल्पमतको महशुस नभई सबै जनता तथा प्रतिनिधीहरुसँग एउटा परिवारको सम्बन्ध सरह व्यवहार कायम गरि विकास निमार्ण र कार्यालयको कार्य मा अगाडी बढाउन थप सहयोग गर्दै आइरहेको छ कायस्थले बताए ।
यति मात्र होईन रौतहट जिल्लाका दोस्रो खुल्ला दिशामुक्त नगरपालिका पनि हो । जिल्लामा पहिलो खोप उन्मुलन नगरपालिका बनाउने तयारीमा रहेको प्रमुख प्रशासकिय अधिकृत प्रवल कायस्थले बताएका छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !