२१ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति निर्वाचनका बारेमा छलफल गर्न काँग्रेसका शीर्ष नेताको बैठक बस्दै


काँग्रेस संसदीय दलको बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बस्दै छ । राष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न काँग्रेसका शीर्ष नेताको बैठक आज बस्ने भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा विहान ८ बजे शीर्ष नेताको बैठक बस्न लागेको हो । कांग्रेसमा नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलालाई राष्ट्रपतिको उम्मेदारमा रुपमा चर्चा चल्दै आएको छ ।

राष्ट्रपतिको उम्मेदवार र पुरानो गठबन्धन ब्युँताउने आधारबारे पार्टीभित्र छलफल गरेर सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गर्ने छन् । आज विहान १० बजे कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच छलफल हुँदै छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !