११ बैशाख २०८१, मंगलबार

मोरङ र सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु


दुर्घटना

बिराटनगर । मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । हिजो बिहान ९ बजेको समयमा मोरङको बिराटनगर महानगरपालिका-३ ढाट स्थितमा को.३८ प ५३८७ नम्बरको स्कुटर र प्रदेश १-०४-००१ ब ०००७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर भई दुर्घटना भएको थियो ।

उक्त दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक धरान उप-महानगरपालिका-८ सुनसरीका ५५ बर्षीय प्रेम बहादुर श्रेष्ठको उपचारको क्रममा बिराट मेडिकल कलेजमा मृत्यु भएको हो भने सोहि दिन साँझ ५ बजे सुन्दरहरैचा नगरपालिका-७ स्थित भित्री सडक खण्डमा को.२ त ७९३७ नम्बरको ट्रयाक्टरबाट लडि घाईते भएका सहचालक सुन्दरहरैचा-७ का २२ बर्षीय श्याम बहादुर मगरको उपचारको क्रममा नोबेल अस्पताल बिराटनगरमा मृत्यु भएको हो ।

यसै गरी सुनसरीको ईटहरी-१२ स्थित कोशी लोकमार्गमा प्रदेश १-०४-००१ च ०१९८ नम्बरको पिकअपले साईकल यात्री गढी गाउँपालिका-१ सुनसरीका ६० बर्षीय आनन्द चौधरीलाई ठक्कर दिंदा घाईते भएका चौधरीको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो । घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !