२१ बैशाख २०८१, शुक्रबार

जाजरकोटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु


जाजरकोटमा जन्ती बोकेको जिप दुर्घटना

जाजरकोट । जाजरकोटमा जन्ती बोकेको जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । पश्चिम जाजरकोटको छेडागाड नगरपालिका-४ भीरबाटीमा जिप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको हो ।

कर्णाली प्रदेश ०२-००१ च ०४२९ नम्बरको दशेराको जेवाबाट लेवा जाँदै गरेको बलेरो जिप मध्यपहाडी राजमार्गबाट २०० मिटर तल खसेको छ । दुर्घटनामा परी अन्य तीन जना गम्भीर घाइते भएकाले उनीहरूको स्थानीयले उद्धार गरेर दशेरास्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचार जारी रहेको छ ।

दुर्घटना परी मृत्यु हुनेहरु अधिकांश लेवा गाँउका रहेका छन् । यद्यपि उनीहरूको पहिचान खुल्न सकेको छैन । घटनास्थलमा प्रहरी पुगिसकेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !