१९ बैशाख २०८१, बुधबार

सिरिजङ्घा समाजद्वारा दुई सांसदलाई बधाई एवं कार्यकालको शुभकामना


उर्मिला थेबे र लिलादेबी बोखिम

काठमाडौँ । सिरिजङ्घा सरोकार समाज, नेपालले ताप्लेजुङ जिल्लाबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा निर्वाचित हुने दुई महिला सांसदलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

समानुपातिक तर्फवाट प्रतिनिधिसभा सदस्यमा ताप्लेजुङ सिरिजङ्घा-१ निवासी उर्मिला थेबे (नेम्वाङ ) एमालेबाट र ताप्लेजुङ जिल्लाबाटै समानुपातिक तर्फबाट प्रतिनिधिसभामा सदस्यमा लिलादेबी बोखिम कांगेसबाट निर्वाचित भएकोमा उक्त समाजका अध्यक्ष अधिवक्ता हरिचन्द्र भट्टराई एक विज्ञप्ति जारी गर्दै समाजको तर्फबाट थेबे र बोखिमको कार्यकाल सफल रहोस् भनी हार्दिक शुभकामना समेत व्यक्त गरेका छन् ।

समाजले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनताका अभिमतलाईलाई बुझी प्राथमिकताका साथ सुशासन, कानुनी शासन, ताप्लेजुङको भौगोलिक विकासमा सबै क्षेत्रलाई समदुरीबाट हेरी विकास निर्माण र जनजीविकाका क्षेत्रमा प्रभावकारी रुपमा क्रियाशील भई राष्ट्रिय राजनीतिमा पार्टी भन्दा देश, जनताको जीत हुने गरी परिणाममुखी कार्य गर्न तथा नीति निर्माणमा लाग्न सक्नुहोस् । कार्यकाल ऐतिहासिक र सुनौला अक्षरले लेख्न सक्ने यो अन्तिम मौका जनताले दिएका हुन् भन्ने मर्मलाई कहिल्यै नभुली कुनै पनि लोभ लालचा र प्रभावमा नपरी सच्चा, सत्य र सही बाटोमा लाग्न सक्नुहुने छ भन्ने आशा समेत लिएका छौं ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !