१३ बैशाख २०८१, बिहिबार

उपत्यका विकास प्राधिकरणको निर्देशन : अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ


काठमाडौं उपत्यका विकास प्राधिकरण

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमण गरी बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

उपत्यका विकास प्राधिकरणले आज बुधबार एक सूचना जारी गर्दै काठमाडौं उपत्यकाभित्रका सरकारी, पर्ति, ऐलानी, तथा खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको हो ।

प्राधिकरणले उपत्यकाका नगरहरूको पुनःनिर्माण, विकास र विस्तारमार्फत काठमाडौँ उपत्यकालाई व्यवस्थित गर्नका लागि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको हो । उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौँ उपत्यका विकास प्राधिकरण स्थापना भएको सूचनामा उल्लेख छ ।

प्राधिकरणले अतिक्रमण गरी बनाइएका संरचना अवैध संरचना ३५ दिनभित्र आफैं नहटाएमा प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लाग्ने लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्नेसमेत चेतावनी दिएको छ ।

यस्तो छ हेर्नुस् काठमाडौँ उपत्यका विकास प्राधिकरणले निकालेको सूचना


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !