१४ बैशाख २०८१, शुक्रबार

विराटनगरमा पनि भेटियो शंकास्पद वस्तु


विराटनगर शंकास्पद वस्तु फाइल फोटो

विराटनगर । मोरङको विराटनगरमा पनि शंकास्पद वस्तु भेटिएको छ । आज शनिबार बिहान विराटनगर महानगरपालिका–३ पुष्प मार्गमा शंकास्पद वस्तु भेटिएको हो ।

आज बिहान ६:२५ बजे सडकको छेउमा शंकास्पद वस्तु भेटिएपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । प्रहरीका अनुसार रातो झोलाभित्र बट्टा राखेर बाहिरदेखि प्लाष्टिकले बेर्दै बट्टाबाट तार बाहिर निकालेर सडकको छेउमा राखिएको छ ।

शंकास्पद वस्तु भेटिएको स्थान वरपर सर्वसाधारण तथा सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ । उक्त शंकास्पद वस्तु डिस्पोजका लागि नेपाली सेनाको टोली घटनास्थलमा पुगेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर शङ्कास्पद वस्तु भेटिएका छन् । चितवनका तीन स्थानमा शङ्कास्पद वस्तु फेला परेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !