१४ बैशाख २०८१, शुक्रबार

पश्चिम नवलपरासीमा डुंगा डुब्दा तीन जनाको मृत्यु


डुंगा दुर्घटना फाइल फोटो

परासी । पश्चिम नवलपरासीमा डुंगा डुब्दा तीन जनाको मृत्यु भएको छ । पश्चिम नवलपरासीको सुस्तास्थित खोलामा डुगां डुब्दा तीन जनाको मृत्यु भएको हो ।

आज साँझ ७ बजे सुस्ता गाउँपालिका–४ गोकुलनगरको नसर्ही खोलाको घोलमा डुंगा डुब्दा स्थानीय तीन जना युवाहरुको मृत्यु भएको नवलपरासी प्रहरीले जनाएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-४ मा पिकनिक खाएर फर्किएका स्थानीय युवाहरू चढेको डुंगा दुर्घटना भएको हो ।

डुंगा डुबेपछि तत्कालै स्थानीय र प्रहरीको टोलीले अचेत अवस्थामा रहेका पाँचै जनाको उद्दार गरेर उनीहरूलाई अस्पताल पुर्याएको केही समयमै तीन जनाको मृत्यु भएको थियो ।

डुंगा दुर्घटना हुँदा सुस्ता गाउँपालिका-४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय निरज हरिजन र १८ वर्षीय रन्जित गुप्ताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रमुख एसपी ऋषिराम कँडेलले जानकारी दिए ।

दुर्घटना भएको डुंगामा सवार २ जना नदीमा डुबेर घाइते भएका छन् । घाइते हुनेहरुमा २२ वर्षीय किशोर हरिजन र १५ वर्षीय सोहीत सहानी रहेका छन् । उनीहरूलाई सामुदायिक अस्पताल बर्दघाटमा उपचार गरेर थप उपचारका लागि भैरहवा पठाइएको छ ।

पिकनिक खान सात जना गएपनि फर्कदा पाँच जना मात्रै डुंगामा फर्केका थिए । साँझको समयमा छाल आएर डुंगा पल्टिएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । उक्त दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !