१३ बैशाख २०८१, बिहिबार

किशोरीको आरोप : सन्दीपले घुम्न भन्दै नगरकोट लगे, जबरजस्ती होटल पुर्याएर दुईपटक करणी गरे


सुन्दर युवती प्रतीकात्मक तस्वीर

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका निलम्वित कप्तान सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीको जाहेरी दिने किशोरीले सन्दीपले घुम्न भन्दै नगरकोट लगेको तर जबरजस्ती होटल पुर्याएर आफूमाथि राती दुईपटक करणी गरेको आरोप लगाएकी छन् ।

प्रहरीले आज काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा पीडित भनिएकी किशोरीको समावेश गरिएको बयानमा उनले मेन्टल रिफ्रेसमेन्टका लागि भन्दै झुक्क्याएर नगरकोट लगेको तथा फर्किएर काठमाडौंको एउटा होटलमा ल्याएर राती जबरजस्ती करणी गरेको दाबी गरेकी हुन् ।

जाहेरीमा किशोरीले आफू निदाएको बेला आफूमाथि जबरजस्ती करणी भएको र पहिलो करणी भएको एक घण्टापछि पुनः आफूमाथि बलात्कार भएको आरोप लगाएकी छिन् । करणीका क्रममा सन्दीपले आफूलाई पिटेको समेत उनले बयान दिएकी छन् ।

यता सन्दीपले भने पीडित भनिएकी किशोरी र आफू राति एउटै कोठामा रहेपनि राती आफू गफ गर्दागर्दै कुर्सीमै निदाएको जिकिर गरेका छन् । प्रहरीले आज काठमाडौँ जिल्ला अदालतमा दायर गरेको अभियोगपत्रमा सन्दीपको समावेश गरिएको बयानमा उनले पीडित भनिएकी किशोरीसँग शारीरिक सम्बन्ध नराखेको बयान उल्लेख गरिएको छ ।

लामिछानेविरूद्ध १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय माग गर्दै आज अदालतमा मुद्दा दायर भएको छ । लामिछानेविरूद्ध आज सरकारी वकिलको कार्यालय काठमाडौंले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

लामिछानेलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) को कसुरको अभियोग लगाइएको हो । दफा २१९ को उपदफा ३ (घ) बमोजिम १० वर्षदेखि १२ वर्षसम्मको कैद माग गर्नुका साथै पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ ।

यो पनि पढ्नुहोस्

सन्दीपको जिकिर : गफ गर्दागर्दै कुर्सीमै निदाएको थिएँ, एउटै कोठाको बेडमा उनी सुतेकी थिइन्

सन्दीपविरूद्ध १० देखि १२ वर्षसम्म कैद सजाय माग गर्दै अदालतमा मुद्दा दायर


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !