८ बैशाख २०८१, शनिबार

कपिलवस्तुमा सशस्त्र प्रहरीको ट्रक दुर्घटना : २ जनाको मृत्यु, ७ जना घाइते


दुर्घटना

बुटवल । कपिलवस्तु जिल्लामा सशस्त्र प्रहरी चढेको ट्रक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । आज शुक्रबार साँझ बाणगंगा नगरपालिका-३ सिउटीमा सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा साइकलमा सवार १ जना यात्रु र १ जना सशस्त्र प्रहरीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा साइकलमा सवार अमर तङनामी र ट्रक चालक सशस्त्र प्रहरी रमेश चौधरी रहेका छन् । साइकलमा सवार तङनामी स्थानीय बासिन्दा हुन् । चारनम्बर जितपुरबाट तौलिहवातर्फ जाँदै गरेको सशस्त्र प्रहरीको ट्रक अनियन्त्रित हुँदै साइकलमा सवार यात्रीलाई ठक्कर दिंदा साइकलमा सवार तङनामीको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा घाइते भएका ७ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि बुटवल पठाइएको छ भने अन्य ४ जनाको सामुदायिक अस्पतालमा उपचार जारी रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !