२२ बैशाख २०८१, शनिबार

सर्लाहीमा यात्रुबाहक बस दुर्घटना : २३ जना घाइते


दुर्घटना

मलङ्गवा । सर्लाहीमा यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । आज सोमबार बिहान करिब ३ बजेको समयमा काकडभिट्टाबाट भैरहवातर्फ जाँदै गरेको बा ४ ख ३३७८ नम्बरको नाइट बस ईश्वरपुर नगरपालिका-१२ बाँकेस्थित पूर्व-पश्चिम लोकमार्गमा आफैँ अनियन्त्रित दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, सर्लाहीले जनाएको छ ।

बस सडकबाट बाटो छेउमा पल्टिँदा बसमा सवार रहेका ३३ जनामध्ये २३ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

गम्भीर घाइते भएका बसका चालक दिपक बोहोराकी ३ वर्षीया छोरी प्रिन्स र बसका परिचालक झापाको मेचिनगर नगरपालिका ७ का २१ वर्षीय प्रदिप पुरीलाई उपचारका लागी झापातर्फ पठाइएको छ । अन्य घाइतेहरुको गढीमाई अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा घाइते भएकामध्ये ९ जना उपचारपछि घर फर्किसकेका छन् । चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ । सामान्य घाइते भएकाहरु आ-आफ्ना गन्तव्यतर्फ लागेका छन् भने बाँकी घाइतेको उपचार भइरहेको सर्लाही प्रहरीले जनाएकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !