१९ बैशाख २०८१, बुधबार

भिमफेदी मिनीबस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या ७ पुग्यो


भिमफेदीमा मिनीबस दुर्घटना

हेटौडा । मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकाको जुरीखेतमा मिनीबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । बस सडकबाट तल खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने हेटौंडा अस्पतालमा उपचारको लागि लैजाने क्रममा बाटोमै थप १ जनाको मृत्यु भएपछि मृतकको संख्या ७ पुगेको हो ।

प्रहरीका अनुसार काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको मिनिबस भीमफेदीको आरोलोमा सडकबाट करिब ६० मिटर तल खसेको थियो । उक्त मिनिबस भीमफेदी-६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको भएको थियो ।

ओरालो बाटोमा माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । घाइतेहरुको हेटौंडाका अस्पतालहरूमा उपचार भइरहेको छ । हालसम्म मृतकको पहिचान हुन नसकेको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमको टोली दुर्घटनास्थलमा पुगिसकेको छ । बसमा कति यात्रु थिए भन्ने अझसम्म खुलिसकेको छैन् ।

यो पनि पढ्नुहोस्

मकवानपुरको भिमफेदीमा मिनीबस दुर्घटना : ६ जनाको घटनास्थलमै मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !