२१ बैशाख २०८१, शुक्रबार

कपन आगलागी नियन्त्रणमा, मृत्यु हुनेको संख्या ३ जना पुग्यो


कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी

काठमाडौं । काठमाडौँ जिल्लाको कपन गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी हुँदा मृत्यु हुनेको संख्या ३ जना पुगेको छ भने अझै ३ जना सम्पर्कविहिन रहेका छन् । अहिले आगो नियन्त्रणमा आइसकेको छ ।

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१० मा सञ्चालित इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । कार्यालयमा रहेको अक्सिजन सिलिण्डरहरु पड्किएर ठूलो क्षति भएको छ ।

अहिले दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइ सकिएको प्रहरीले जनाएको छ  । मृतकको पहिचान अहिलेसम्म खुलिसकेको छैन । आगलागीबाट कति क्षति भयो भन्ने संकलन गरिंदै छ । स्थानीय टंक घिसिङको घरमा अचानक आगो फैलिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !