७ बैशाख २०८१, शुक्रबार

सवारी दुर्घटनाबाट १ जनाको मृत्यु, ब्राउनसुगरसहित ३ जना पक्राउ


दुर्घटना

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका-३ स्थित कोशी लोकमार्गमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मंगलवार साँझ ७ बजे प्रदेश १-०२-००२च ४६९८ नम्बरको पिकअप भ्यानले बाटो क्रस गर्दै गरेका पैदल यात्री खेदीखोला गाउँपालिका-१ स्याङ्जाका ७० बर्षीय पदम बहादुर बस्नेतलाई ठक्कर दिदा घाईते भएका बस्नेतको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा संलग्न भेन र चालक बिराटनगर-५ का २४ बर्षीय संतोष गुप्तालाई जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

चोरीमा संलग्न ३ जना सामान सहित पक्राउ

मोरङ । मोरङको बुढीगंगा गाउँपालिका-६ स्थितबाट प्रहरीले चोरीमा संलग्न रहेका ३ जनालाई चोरी गरेको समान सहित पक्राउ गरेको छ । भदौ १४ गते स्थानीय किशोर चौधरीको घरमा चोरी भएको भन्ने सूचना पाएसंगै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले चोरी भएको समान सहित २८ गते बिहान उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बुढिगंगा गाउँपालिका-६ का २७ बर्षीय बुच्चे भनिने श्याम कुमार उराव, २६ बर्षीय तुलसी उराव र नबिन उराव रहेका छन् । उनीहरुको साथबाट प्रहरीले चौधरीको घरबाट चोरी भएका बिभिन्न किसिमका सुनका गर-गहना समेत बरामद गरेको छ । चोरीको आरोपमा पक्राउ परेका उनिहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित ३ जना पक्राउ

झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-६ का २८ बर्षीय मोहन राजवंशीको कोठाबाट ५ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।

राजवंशीको कोठाबाट लागुऔषध बरामद भएसंगै उनिलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । यसैगरी झापाकै भद्रपुर नगरपालिका-५ मेची पुल छेउबाट लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट मेची पुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १ ह ४७३४ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पोमा लुकाई छिपाई राखेको १ ग्राम ६१० मिलिग्राम लागुऔषध बरामद गरेको थियो ।

टेम्पोबाट लागुऔषध बरामद भए संगै चालक बिर्तामोड-२ का ३६ बर्षीय लोकराज राजवंशी र टेम्पोमा सवार कन्काई नगरपालिका-८ का २५ बर्षीय अजय राजवंशीलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

धाक धम्की दिई रकम माग गर्ने १ जना पक्राउ

मोरङ । डर त्रास र धाक धम्की देखाई रकम माग गर्ने गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको विराटनगर महानगरपालिका अन्तर्गत रहेका विभिन्न औषधी व्यवसायी तथा मेडिकल डाक्टरहरूलाई विभिन्न समयमा धाकधम्की दिने गरेको र रकम समेत माग गर्ने गरेको भन्ने बिशेष सूचनाका आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुह र जिल्ला प्रहरी कार्यालय मोरङबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिराटनगर-३ का ३३ बर्षीय बिजय दाहाललाई मंगलवार पक्राउ गरेको हो । पक्राउ परेका दाहालको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।

फरार प्रतिवादी पक्राउ

सुनसरी । जिल्ला अदालत सुनसरीको मिति २०७८।०९।१४ गतेको सजाय निर्धारण फैसला आदेशले १० महिना ११ दिन कैद र रु.२५,०००/- (पच्चिस हजार रुपैया ) जरीवाना भएता पनी फरार रहँदै आएका ईटहरी उप महा नगरपालिका-२० तरहराका ३१ बर्षीय बाबु बुढाथोकी भन्ने बिकास बुढाथोकीलाई पक्राउ परेका छन् ।

फरार प्रतिवादीहरुको खोजतलासमा खटिएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, RIT समुहको प्रहरी टोलीले बुढाथोकीलाई मंगलवार गाउँघरबाट नै पक्राउ गरेको हो । पक्राउ परेका बुढाथोकीलाई सुनसरी जिल्ला अदालतमा उपस्थित गराईएकोमा कैद भुक्तानको लागी कारागार पठाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !