१२ बैशाख २०८१, बुधबार

महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले तिर्यो मनोरञ्जन कर


काठमाडौं फनपार्क

काठमाडौँ । काठमाडौं महानगरपालिकाले दिएको २४ घण्टे अल्टिमेटम दिएपछि काठमाडौं फनपार्क प्रालिले मनोरञ्जन कर तिरेको छ । महानगरले प्रर्दशनी मार्गमा रहेको फनपार्कलाई दिएको २४ घण्टाभित्र मनोरञ्जन कर तिरेको हो ।

फनपार्कले पाँच वर्षको १७ लाख ३६ हजार रुपैयाँ मनोररञ्जन कर महानगरको राजस्व विभागलाई आज दिउँसो बुझाएको हो । यद्यपि उक्त फनपार्कले अन्य कर भने नतिरेको काठमाडौँ महानगरले जनाएको छ । यस्तै फनपार्कले व्यवसाय कर पनि तिर्न बाँकी रहेको छ ।

हिजो बुधबार महानगरको राजस्व विभागले पत्र पठाउँदै २४ घण्टाभित्र कर बुझाउन निर्देशन दिएको थियो । महानगरले उक्त पार्कलाई व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन तथा मनोरञ्जन कर तिर्न निर्देशन दिएको थियो ।

पटक-पटक ताकेता गर्दा समेत कर नबुझाएपछि नगरपालिकाले जरिवानासहित तिर्न २४ घण्टे अल्टिमेटम दिएको थियो । काठमाडौँ महानगरले उक्त फनपार्कले ७ वर्षदेखि कर नतिरेकाे बताएकाे थियो । महानगरपालिकाले तोकिएको समयभित्र कर नबुझाएमा फनपार्क शिलबन्दी गरिने चेतावनी दिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !