२० बैशाख २०८१, बिहिबार

अपहरित बालिकाको सकुशल उद्धार, अपहरणमा संग्लग्न २ जना पक्राउ


अपहरणमा संग्लग्न २ जना पक्राउ

मोरङ । मोरङको बिराटनगर महानगरपालिका-१२ रोडषेश चोकबाट अपहरणमा परेकी बुढिगंगा गाउँपालिका-१ का दिपेन यादबको १ बर्षीया छोरी निकिशा यादवको सकुशल उद्धार गर्न प्रहरी सफल भएको छ भने अपहरणमा संग्लग्न २ जना पक्राउ परेका छन् ।

श्रावण २ गते बिहान ९ बजेको समयमा रोडषेश चोकबाट बालिका अपहरणमा परेकी भन्ने खबर प्राप्त भएसंगै १ नम्बर प्रदेश प्रहरी कार्यालयको RIT समुहको अनुसन्धान टोली र जिल्ला प्रहरी कार्यालय मोरङको अनुसन्धान टोली अनुसन्धान तथा बालिकाको खोजतलासमा खटिएको थियो ।

१ बर्षीया बालिका अपहरणमा परेको गम्भिर प्रकृतिको घटनालाई तत्काल टेक्निकल बिश्लेशणका आधारमा अनुसन्धान गर्ने क्रममा घटनामा संग्लग्न बिराटनगर महानगरपालिका-६ का २७ बर्षीय रबिन्द्र कुमार साहको संग्लग्नता रहेको खुलेसंगै साहलाई श्रावण ३ गते पक्राउ गरी थप अनुसन्धान शुरु भएको थियो ।

अनुसन्धानको क्रममा अपहरित बालिका भारतको दरभंगामा रहेको खुलेसंगै भारतीय प्रहरीको सहयोगमा बालिकालाई सकुशल उद्धार गरिएको तथा अपहरणमा संग्लग्न बिराटनगर-५ कि २७ बर्षीया अनु साहलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

अपहरित बालिकाको सकुशल उद्धार
अपहरित बालिका आफन्तसंग

पक्राउ परेका दुबै जनाबीच घनिष्ट सम्बन्ध रहेको र केही महिना अगाडि अनु साहको अपहरित बालिकाको बुबा दिपेन यादवसंग समेत चिनजान भएको थियो । दुबै जनाको चिनजान र भेटघाटको क्रममा अनु साहले दिपेन यादवलाई छोरी हेर्न मन लागेको भनी बारम्बार छोरी लिएर आउन कर गरेका थिए ।

श्रावण २ गते यादवले छोरीलाई लिएर रोडषेस चोकमा आएको र पूर्वयोजना अनुसार केही बाहाना बनाएर अनुले दिपेनको छोरीलाई लिएर भाग्न सफल भएको अनुसन्धानको क्रममा खुल्न आएको तथा बालिकालाई सोही स्थानमा रहेका रबिन्द्र कुमारको मोटरसाईकलमा हालेर दुहवी, भान्टावारी र राजबिराज हुँदै भारतको कुनौलीतर्फ पठाई रबिन्द्र कुमार नेपाल फर्केको समेत अनुसन्धानको क्रममा खुल्न आएको र अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !