८ जेष्ठ २०८१, मंगलबार

रामेछाप बस दुर्घटना (अपडेट) : मृत्यु हुनेको संख्या १२ जना पुग्यो


रामेछापमा बस दुर्घटना

काठमाडौं । रामेछाप जिल्लामा बस दुर्घटनामा परेर धुलिखेल अस्पतालमा उपचाररत ३ जना घाइतेको मृत्यु भएसंगै मृत्यु हुनेको संख्या १२ जना पुगेको छ ।

रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिकाको सिमानामा बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए ।

रामेछापबाट काठमाडौं आउँदै गरेको बा. ३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । यसअघि मृत्यु हुनेमा ४ जना महिला र ५ जना पुरुष रहेका तर पहिचान नखुलेको जनाइएको छ ।

आज बिहान १०ः३० बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका ३ जनालाई हेलिकप्टरबाट काठमाडौँ र अन्य घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको थियो ।

बस सडकबाट झन्डै ३०/३५ मिटर तल खसेको छ । ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको खुलेको छ । नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नभएकाले यस्ता सवारी दुर्घटनाहरु बढ्दो छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !