६ बैशाख २०८१, बिहिबार

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज अन्तिम सुनुवाइ हुँदै


धीरजप्रताप सिंह, सर्वोच्च अदालत र विश्वराज पोखरेल

काठमाडौं । सर्वोच्च अदालतमा नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्ध दायर भएको मुद्दा आज अन्तिम सुनुवाइ हुँदैछ । असार १३ गते बहस नसकिएकोले सुनुवाइ आज असार १९ गते हुने गरी मुद्दाको अन्तिम सुनुवाइ तेस्रो पटक हेर्दाहेर्दैमा राखिएको थियो ।

जेठ ३० र असार ५ र असार १३ गते उक्त मुद्दा हेर्दाहेर्दैमा राखिसकिएको छ । एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ हुँदै आएको छ । सो मुद्दा आज पनि कामु प्रधानन्यायाधीश नेतृत्वको इजलासमा चौथोपटक सुनुवाइ हुन लागेको हो ।

वैशाख १८ मा मन्त्रिपरिषद्ले धीरज प्रताप सिंहलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेपछि वरिष्ठता मिचेको भन्दै प्रतिस्पर्धी एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए ।

सरकारले आइजिपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआइजी पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले तेस्रो वरियताका व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । आफूभन्दा १७ महिना जुनियर एआईजीलाई आइजिपी बनाएको भन्दै पोखरेलले रिट दर्ता गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !