६ बैशाख २०८१, बिहिबार

एमाले झापा अध्यक्ष कार्कीको घर अगाडी भएको शंकास्पद वस्तु बम नभएको पुष्टि


शंकास्पद वस्तु

झापा । नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको घर अगाडि आज बिहान फेला परेको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । नेपाली सेनाको चारआलीस्थित बम डिस्पोजल टोलीले घटनास्थलमै आएर जाँचगरेपछि कुकरभित्र विष्फोटक पदार्थ नभएको पुष्टि भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए ।

उनका अनुसार खाली कुकरलाई बाहिरबाट भित्रैसम्म विद्युतीय वाइरिङ तारले बेरिएको थियो । अध्यक्ष कार्कीको घर अगाडि आज बिहान ५ः३० बजेतिर शंकास्पद वस्तु राखिएको फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो ।

शंकास्पद वस्तु बम नभएको पुष्टि भएपछि सेनाको टोली घटनास्थलबाट फर्किसकेको छ । अध्यक्ष कार्की संविधानसभा सदस्यसमेत हुन् भने उनका सहोदर भाई हिक्मत कार्की प्रदेश नं १ का निवर्तमान आन्तरिक मामिला तथा कानूनमन्त्री हुन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !