७ मंसिर २०८१, शुक्रबार

बलात्कार आरोपित पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश


मनोज पाण्डे

काठमाडौं । बलात्कार आरोपित मनोज पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । सौन्दर्य प्रतियोगिताकी एक प्रतिस्पर्धीलाई बलात्कार गरेको आरोप लागेका पाण्डेलाई थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा पाण्डेलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंमा न्यायाधीश प्रकाश ढुंगानाले आदेश दिएका हुन् । आरोपी पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो ।

पीडित महिलाले आफूलाई बालयौन दुरुपयोग गरेको लगायत उल्लेख गरी मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद– १८ को बालयौन दुरुपयोग गर्न नहुने कसुरमा गत जेठ ८ गते जाहेरी दिएकी थिइन् ।

ती युवतीलाई बलात्कार गरेको आरोप लागेका मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो । सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौँको स्वयम्भूबाट पक्राउ गरेको थियो ।

पाण्डेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले दुईवटा मुद्दा दर्ता गरेको थियो । पाण्डेविरुद्ध परेका दुवै जाहेरीउपर जिल्ला सरकारी वकीलको कार्यालयमार्फत अदालतसमक्ष पेस गरी अदालतबाट म्याद थप अनुमति लिइएको थियो । अदालतको आदेशपछि पाण्डेलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

यो पनि पढ्नुहोस्

युवती बलात्कार आरोपित कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !