२२ बैशाख २०८१, शनिबार

बैतडीमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु


मृत

बैतडी । छुट्टाछुट्टै घटनामा बैतडीमा २ जनाको मृत्यु भएको छ । एक जनाको भिरबाट लडेर तथा अर्को एक जना मृत फेला परेका छन् । पाटन नगरपालिका–६ खिपालीका ४१ वर्षीय भानदेव अवस्थीको भिरबाट लडेर मृत्यु भएको हो ।

बिहीबार साँझ खिपाली नजिकैको बान्नरो भिरबाट लडेका अवस्थीको घटनास्थलमै मृत्यु भएको पाटन नगरपालिका–६ का वडाध्यक्ष राजेन्द्रसिंह विष्टले जानकारी दिनुुभयो ।

यस्तै सिगास–१ किनाराधुराका ५२ वर्षीय गगनसिंह धामी मृत फेला परेका छन् । धामी स्थानीय गाजरीबजार नजिकै बिहीबार मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक कमल चौधरीले जानकारी दिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !