६ जेष्ठ २०८१, आइतबार

नेपालगञ्जमा राजावादीले राख्न खोजेको वीरेन्द्रको सालिक प्रहरीले हटायो

नेपालगञ्ज तनावग्रस्त, प्रहरीद्वारा हवाईफायर र अश्रुग्याँस प्रहार


नेपालगञ्ज तनावग्रस्त

नेपालगन्ज । स्वर्गीय पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्ज तनावग्रस्त भएको छ । पूर्वराजा शाहको सालिक राख्ने विषयमा विवाद हुँदा नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको हो । राजनैतिक दलहरुको सहमति विना शालिक राख्न आटेको भन्दै अन्य दलले विरोध गरेपछि विवाद शुरु भएको थियो।‌

आज बिहीबार बिहान वीरेन्द्रचोकमा शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरी र राजावादीबीच झडप भएको हो । प्रहरीले स्थिति नियन्त्रणमा लिन केहि राउण्ड हवाईफायर र अश्रुग्याँस प्रहार समेत गरेको थियो ।

२०६२/६३ सालको जनआन्दोलनमा धम्बोजी चोकस्थित वीरेन्द्रको सालिक तोडफोड भएपछि वीरेन्द्रको सालिक हटाएर सो स्थानमा राष्ट्रिय झण्डा राखिएको थियो । आज दरबार हत्याकाण्ड पुरा भएको २१ वर्ष पुरा भएको सन्दर्भमा स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरु वीरेन्द्रको सालिक पुनःस्थापना गर्न भेला भएका थिए ।

उनीहरुले राष्ट्रिय झण्डा हटाएर वीरेन्द्रको सालिक राखेर ‘फिक्स्ड’ गर्न नपाउँदै हस्तक्षेप गरेर प्रहरीले हटाइसकेको छ । झडपका क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । झडपपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !