१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रपति भण्डारीद्वारा सुर्खेतको कांक्रेविहारको अवलोकन


विद्यादेवी भण्डारी /fi6«klt e08f/L – cjnf]sg s0ff{nL, !& h]7 . /fi6«klt ljBfb]jL e08f/L dªunaf/ jL/]Gb|gu/–( l:yt ko{6sLo:yn sfªqm]ljxf/sf] cjnf]sg ub}{ . t:jL/ M k|sfz clwsf/L, /f;;

कर्णाली । राष्ट्रपति विद्यादेवी भण्डारीले सुर्खेतको प्रमुख पर्यटकीयस्थल कांक्रेविहारको अवलोकन गरेकी छन् । अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेतमा रहेकी उनले आज अपराह्न वीरेन्द्रनगर ९ स्थित कांक्रेविहारको अवलोकन गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले कर्णाली प्रदेशमा पर्यटनको अथाह सम्भावना रहेको र कांक्रेविहारजस्ता ऐतिहासिक सम्पदाको प्रवद्र्धन गर्न जरुरी रहेको धारणा राखिन् । साथै उनले कांक्रेविहारको ऐतिहासिकता, निर्माण प्रक्रिया, व्यवस्थापनबारे जिज्ञासा राखेकी थिइन् ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले राष्ट्रपतिको सुर्खेत बसाइँका क्रममा आफूहरूले कांक्रेविहार अवलोकन गराएर स्वागत गरेको बताए । अवलोकनपश्चात राष्ट्रपतिलाई नगरपालिकाको तर्फबाट प्रमुख ढकालले सुर्खेतका पर्यटकीयस्थलहरू समेटिएको मायाको चिनो हस्तान्तरण गरे । राष्ट्रपति भण्डारीलाई कांक्रेविहार परिसरमा कर्णाली प्रदेशसभाका सदस्य, वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले स्वागत गरेका थिए ।

राष्ट्रपतिका स्वकीय प्रेस सचिव सोम राईले कांक्रेविहारको सांस्कृतिक, ऐतिहासिक, पुरातात्विकपक्षको प्रवद्र्धन गर्ने उद्देश्यले अवलोकन भ्रमण गरेको बताउँदै भने, “यस्ता ठाउँहरूको प्रवद्र्धन गर्न, स्वच्छता कायम राख्न र वातावरण संरक्षणलाई प्राथमिकतामा राख्न राष्ट्रपतिले विशेष चासो राख्दै आउनुभएको छ ।”

राष्ट्रपति भण्डारी बुधबार बिहान सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल बडिमालिका जाने कार्यक्रम रहेको छ । उनी आज सुर्खेतस्थित नेपाली सेनाको पश्चिम कमाण्ड हेडक्वाटर निमारेमा बस्नेछिन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !