६ बैशाख २०८१, बिहिबार

मकवानपुरको इन्द्रसरोवरमा जीप दुर्घटना : ४ जनाको मृत्यु


दुर्घटना

वाग्मती । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा आज ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नंको जीप आज साँझ सिमखोला पुलको बारमा ठोकिएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको बताइएको छ ।

आठजना सवार रहेको जीप दुर्घटना हुँदा ३ जनाको हेटौँडा अस्पतालमा उपचारका लागि ल्याउने क्रममा र एक जनाको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सो कार्यालयले जनाएको छ । मृतक चारजना पुरुष रहेका छन् ।

घाइते भएका चारमध्ये चालकसहित ३ जनाको हेटौँडा अस्पतालमा र १ जनाको उपचारका लागि काठमाडौँ पठाइएको छ । घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !