१३ बैशाख २०८१, बिहिबार

चितवनमा हावाहुरीका कारण अटोरिक्सामा सवार ३ जनाको मृत्यु


चितवनमा हावाहुरी

चितवन । चितवन जिल्लामा साँझ पख आएको हावाहुरीका कारण अटोरिक्सामा सवार ३ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । फरक-फरक ठाउँमा भएको दुर्घटनामा परी ३ जनाको मृत्यु भएको हो ।

भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार २ जनाको भोजाडमा मृत्यु भएको हो भने भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका छन् । रुख ढल्दा अटोमा लागि दुर्घटना भएको उहाँले बताए । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको उहाँले जानकारी दिए ।

उनका अनुसार हावाहुरीका कारण जिल्लाको विभिन्न स्थानमा रुखहरु ढल्ने र पोलहरु ढल्ने गरेका कारण भित्री तथा राजमार्गका सडक अवरुद्ध भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !