१४ बैशाख २०८१, शुक्रबार

ईडीभी नतिजा सार्वजनिक, तपाईलाई पर्यो कि परेन ? यसरी हेनुस् नतिजा


ईडीभी नतिजा

काठमाडौं । संयुक्त राज्य अमेरिकाले सन् २०२३ का लागि जारी गरेको इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ईडीभी) को नतिजा हिजो शनिबार राती सार्वजनिक गरेको छ ।

नेपालस्थित अमेरिकी दूतावासका अनुसार ईडीभीको नतिजा https://dvprogram.state.gov मा ‘कन्फरमेसन नम्बर’ राखेर थाहा पाउन सकिनेछ ।

ईडीभीको आवेदन सन् २०२१ अक्टोबर ६ मा खुलेर ९ नोभेम्बरमा बन्द भएको थियो । आवेदकले ३० सेप्टेम्बर २०२३ सम्म आफ्नो ‘कन्फरमेसन नम्बर’ सुरक्षित राख्नुपर्ने बताइएकाे छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !