२१ बैशाख २०८१, शुक्रबार

जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने सरकारको निर्णय


मन्त्रिपरिषद् बैठक सिंहदरवार

काठमाडौं । सरकारले आगामी जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने भएको छ । सरकारले २०७९ जेठ १ गतेदेखि लागु हुनेगरी परीक्षणका रुपमा लागू हुने गरी हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएका हुन् । यस्तै उनका अनुसार कार्यालय समय भने विहान ९:३० देखि ५:३० सम्‍म कायम गर्ने भएको छ ।

हिजो मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले हप्ताको दुई दिन विदा दिने निर्णय गरिएको मन्त्री कार्कीले बताए । सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

उनका अनुसार जेठदेखि कार्यान्वयनमा आउने आउने उक्त निर्णयसंगै सरकारले कार्यालय समय पनि हेरफेर गर्दै विहान ९:३० बजेदेखि साँझ ५:३० बजेसम्म तोकेको हो । देशभर इन्धनको खपत घटाउन नेपाल आयल निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दुई दिन सार्वजनिक विदाको प्रस्ताव गरेको थियो ।

नेपाल राष्ट्र बैंकले पनि सरकारी खर्च घटाउन र सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार ल्याउन सरकारसमक्ष सो प्रस्ताव राखेको थियो । सरकारले सुरुवाती चरणमा परीक्षणका रुपमा जेठबाट सार्वजनिक विदाको सो निर्णय कार्यान्वयनमा ल्याउने भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !